काठमाण्डौ
असोज १०
जाजरकोट जिल्लाको भेरीमालिका नगरपालिकास्थित सामुदायिक वन क्षेत्रमा अत्याधुनिक हतियारका ५ सय ९० राउण्ड गोली फेला पारिएको जिल्ला प्रहरी काकर्यालय जाजरकोटले जनाएको छ ।
स्थानीय स्याँलापाखा सामुदायीक वन क्षेत्रमा जंगलको भीरमा छरिएर रहेको अवस्थामा इन्सास राइफल लगायतका अन्य अत्याधुनिक हतियारमा प्रयोग हुने गोली फेला पारिएको प्रहरीको भनाइ छ । प्रहरी निरीक्षक हिक्मत बोहोराले जंगलमा छरिएको अवस्थामा गोली रहेको खबर पाएपछि आफूहरुले गोली फेला पारेको जानकारी दिनुभयो । जंगलमा फेला परेको गोली माओवादी द्धन्दका क्रममा लुकाइएको हुन सक्ने प्रहरीको अनुमान छ । सशस्त्र द्वन्दकालमा लुकाइएका गोली अन्यत्र लैजाने क्रममा जंगलमा छरपस्ट भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोली फेला परेको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
