त्रिशुलीमा खसेका पूर्वगृहमन्त्री घिमिरे जिउदै होलान् त ? प्रहरी यसो भन्छ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ९ आइतवार १९:४३ बजे

त्रिशुलीमा खसेका पूर्वगृहमन्त्री घिमिरे जिउदै होलान् त ? प्रहरी यसो भन्छ

काठमाण्डौ
असोज ९
पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी दुर्घटनामा मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।

चैतन्य कुमारी घिमिरे, नारायण प्रसाद काफ्ले र रामचन्द्र कार्कीको सनाखत भएको चितवन प्रहरीले जानकारी दिएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार मृत्यु हुनेमा घिमिरेकी आमा, आफन्त रामचन्द्र कार्की र सुरक्षागार्ड सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक नारायण काफ्ले हुन् ।मुक्तिनाथको दर्शन गरेर फर्कदै गर्दा पूर्व गृहमन्त्री चढेको बा ९ च १५१३ नम्बरको गाडी चितवनको दाह्रेचोक गाविस(३ को घोप्टेभिरबाट त्रिशुली नदीमा खसेको थियो ।चालकले हाम फालेर ज्यान जोगाएका छन् । घाइते चालक विष्णु राईलाई उपचारका लागि भारतपुर लगिएको छ । पूर्व गृहमन्त्री घिमिरेसहित  तीनजना बेपत्ता छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार