काठमाण्डौ
असोज ९
दुई दिनदेखि हराइरहेका आमा छोरा रुपन्देहीमा मृत अवस्थामा भेटिए ।
रुपन्देहीस्थित लुम्बिनी साँस्कृतिक नगरपालिकाकी २५ वर्षकी बिन्जना यादव र उहाँका साढे २ वर्षका छोरा दानबहादुर अस्ती शुक्रबारदेखि हराईरहेका थिए । प्रहरीका अनुसार दुवै जनाको शव स्थानीय अब्दुल रहमान खानको माछा पोखरीमा तैरीरहेको अवस्थामा देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । घट्नाको अनुसन्धान गरिरहेको प्रहरीले उनीहरुको हत्या भएको आशंका गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
