काठमाण्डौ
असोज ९
माउन्टेन एयरको हेलिकप्टरको इञ्जिनमा खरावी आएपछि चालकले आज विहान सोलुखुम्बुमा आकस्मिक अवतरण गराएका छन् ।
त्यसक्रममा हेलिकप्टरको अगाडीको भागमा क्षति पुगेपनि त्यसमा सवार चालकसहित सबै ६ जना सुरक्षित छन् । सोलुखुम्बुको जुबिङबाट विरामी लिएर उडेको हेलिकप्टरमा उडेको केही मिनटमै इञ्जिनमा समस्या देखिएपछि क्याप्टेन सुरज थापाले जुविङ्ग गाविस– ५ बुच्चास्थित सिसाखोलास्थित धानबारीमा आकस्मीक अवतरण गराएका थिए । क्याप्टेन थापा, विरामी जसबहादुर राईसहित सबै ६ जनालाई श्री एयरको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
