मानसिक सन्तुलन गुमाएकी महिलामाथी महापागलको गिद्धेदृष्टि


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ८ शनिवार १७:१८ बजे

मानसिक सन्तुलन गुमाएकी महिलामाथी महापागलको गिद्धेदृष्टि

काठमाण्डौ
असोज ८
मानसिक सन्तुलन गुमाएकी एक महिलालाई बलात्कार गरेको अभियोगमा आज एक जना प्रहरी पक्राउ परेका छन् ।

पक्राउपर्नेमा सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा दरबन्दी भएका भान्सेका रुपमा कार्यरत कार्यालय सहयोगी गौरसिंह फराल रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले आरोपी फरालमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरी कारबाही थालिएको जानकारी दिनुभयो । स्थानीय क्याम्पस चोकको झाडीमा मानसिक सन्तुलन गुमाएकी महिलालाई फरालले बलात्कार गर्दै गरेको देखिएपछि स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार