रेडियोलाइ डोजरको दाँतले उछिट्याइदियो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ७ शुक्रवार १९:१८ बजे

रेडियोलाइ डोजरको दाँतले उछिट्याइदियो

काठमाण्डौ
असोज ७
धादिङस्थित रेडियो धादिङको भवन आज विहान जिल्ला बन कार्यालय नेतृत्वको टोलीले भत्काएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र वन रक्षकहरुसहित आज बिहान ४ बजेतिर गएको वन कार्यलयको टोलीले डोजर प्रयोग गरी रेडियोको भवन भत्काएको हो। प्रशारणमा रहेको रेडियाको स्टुडियो समेत कामै नलाग्ने गरी ध्वस्त भएको छ । सामुदायिक वन अतिक्रमण गरी बनाइएको भनेर पटक–पटक भवन खाली गराउन गरिएको लिखित पत्राचारलाई अटेर गरिएपछि बाध्य भएर भवन भत्काउनु परेको जिल्ला वन कार्यालय धादिङका प्रमुख इमानाथ पौडेलले बताउनुभयो ।
यस्तै हिंसामा परेका महिलाहरुको संरक्षणको लागि भनेर सहयात्री समाज धादिङले संचालन गरेको सेफ हाउस पनि भत्काइएको छ। सेफ हाउसमा रहेका पाँच महिने सुत्केरी र अपाङ्ग बालबालिकासहित ५ जनालाई जवरजस्ती बाहिर निकालेर भवन भत्काइएको सहयात्री समाजकी कार्यकारी निर्देशक राधिका सापकोटाले जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार