आफ्ना हाकिम थुनिएपछि बिजुली कट


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ५ बुधवार १८:३५ बजे

आफ्ना हाकिम थुनिएपछि बिजुली कट

काठमाण्डौ
असोज ५
बनक्षेत्र अतिक्रमण गरि बनाइएका संरचनाहरुमा जोडिएको विद्युत लाइन काट्ने निर्देशन नमानेको भन्दै नेपाल विद्युत्त प्राधिकरण धादिङ शाखाका कार्यालय प्रमुख सत्यनारायण गामीलाई जिल्ला प्रशासन कार्यालय धादिङले नियन्त्रणमा लिएको छ ।

अमरावती सामुदायिक वन क्षेत्रभित्र गैरकानुनी ढंगबाट निर्माण गरिएका भवनमा जडान गरिएका विद्युत्त लाइन काट्न जिल्ला वन कार्यालय धादिङले दिएको निर्देशन अवज्ञा गरेको भन्दै जिल्ला वन कार्यालय धादिङका प्रमुख इमानाथ पौडेलको आदेशमा नेपाल विद्युत्त प्राधिकरण धादिङका कार्यालय प्रमुख सत्यनारायण गामीलाई नियन्त्रणमा लिइएको हो । कार्यालय प्रमुख गामीलाइ केहिघण्टा नियन्त्रणमा लिएर छाडिएको छ । गामीलाइ बन कार्यालयले नियन्त्रणमा लिएपछि विद्युत्त प्राधिकरण धादिङका कर्मचारीहरुले आफ्नो कार्यालय प्रमुखलाई नियन्त्रणमा लिइ दुव्र्यवहार गरेको भन्दै आधा घण्टा विद्युत्त लाइन काटेर कार्यालयको काम छाडी प्रशासन कार्यालयमा धर्ना दिन पुगेका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार