काठमाण्डौ
असोज ५
असंलग्न आन्दोलनमा रहेका मुलुकको १७ औँ शिखर सम्मेलनमा भाग लिन भेनेजुएला गएका उपराष्ट्रपति नन्दबहादुर पुन आज विहान स्वदेश फर्कनुभएको छ ।
उहाँ भदौ २९ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भेनेजुएला जानुभएको थियो । उपराष्ट्रपति पुनलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइली, कृषिमन्त्री गौरीशङ्कर चौधरी, सुरक्षा अङ्गका प्रमुख, मुख्यसचिव र सरकारका वरिष्ठ अधिकारी त्रिभुवन विमानस्थल पुग्नुभएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
