पूर्वतिर टोलटोलमै पासपोर्ट पाइने,विदेश जान चाहनेहरु मख्ख


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज २ आइतवार १६:०६ बजे

पूर्वतिर टोलटोलमै पासपोर्ट पाइने,विदेश जान चाहनेहरु मख्ख

काठमाण्डौ
असोज २
सघीयताको मर्मलाई पछ्याउँदै पूर्वी मोरङमा आजदेखि इलाका प्रशासन कार्यालयबाटै राहदानी वितरण सुरु गरिएको छ ।

यो संगै पूर्वी मोरङका बासिन्दा राहदानी लिन विराटनगर पुग्नुपर्ने झण्झटबाट मुक्त भएका छन् । संघीय संरचनाको अभ्यास स्वरुप धेरै जनसंख्या रहेका इलाका तथा पहाडी क्षेत्रका मानिसका लागि समेत ध्यान दिएर स्थानीयवासीको विशेष पहलमा यस्तो सेवा थालिएको कार्यालयका प्रमुख मुरारी वस्तीले बताउनुभयो । पूर्वी मोरङको उर्लाबारी, पथरी–शनिश्चरे र लेटाङ–भोगटेनी नगरपालिका तथा राजघाट, मधुमल्ला, बयरवन, हसन्दह, केरौन, डाँगीहाट, टाँडी, जाँते, रमितेखोला, वारङ्गी गाविस यसको कार्य क्षेत्र हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार