केटी जिस्काएपछि भारतमा काटाकाट


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ३१ शुक्रवार २१:३५ बजे

केटी जिस्काएपछि भारतमा काटाकाट

काठमाण्डौ
भदौ ३१
भारतको उत्तर प्रदेशस्थित बिजनौरमा तीन जना मुस्लिम युवाको हत्या भएपछि स्थिति तनावग्रस्त भएको छ ।

सांप्रदायिक रुपमा संवेनशील रहेको बिजनौरमा भएको गोलाबारीमा तीन जनाको मृत्यु भएको र अन्य केही घाइते भएको भारतीय सञ्चार माध्यमलाई उधृत गर्दै बीबीसीले जनाएको छ । बिजनौरको पेदा गाँउमा आज विहान विद्यालय जाँदै गरेका छात्राको समूहलाई ती युवाहरुले जिस्काएपछि ती छात्राहरुले परिवारलाई बताएसंगै गाँउमा दुई पक्षबीच झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिनका लागि अहिले सो क्षेत्रमा सुरक्षाफौज तैनाथ गरिएको छ । आजको घटना भने साम्प्रदायिक नभएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार