रंगशालाको झारमात्रै होइन, खेलकुदमन्त्रीले खेल क्षेत्रकै झार उखेल्ने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ ३१ शुक्रवार १७:५४ बजे

रंगशालाको झारमात्रै होइन, खेलकुदमन्त्रीले खेल क्षेत्रकै झार उखेल्ने

काठमाण्डौ
भदौ ३१
माओवादी केन्द्रको विद्यार्थी संगठन विद्यार्थी संगठन अखिल क्रान्तीकारीले आज राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको सरसफाइ गरेको छ ।

नेपालको एकमात्र अन्तराष्ट्रियस्तरको रंगशालाको दुर्गती सम्बन्धी समाचार सार्वजनिक भएपछि अखिल क्रान्तीकारीले आज रंगशालाको पूरै भाग सरसफाइ गरेको हो । खेलकुदमन्त्री दलजित श्रीपाइलीलाई समेत लिएर अखिल क्रान्तिकारीका नेता आज बिहान रंगशाला पुगेका थिए ।  अखिल क्रान्तिकारीका नेतासँगै रंगशाला पुगेका खेलकुदमन्त्री श्रीपाइले अब खेल क्षेत्रकै सबै फोहोर सफा गर्ने उल्लेख गर्नुभयो । नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको रंगशालामा झाडी उम्रिएर कुरुप बनेपछि त्यसको सफाइमा अखिल क्रान्तिकारी सक्रिय भएको केन्द्रीय सचिव दीपेश पुनले जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार