काठमाण्डौ
भदौ ३१
सिरहाको धनगढीमाई नगरपालिका १२ बिष्णुपुरमा घरायसी विवादका कारण दुधेबालक सहित एक महिलाले इनारमा हामफल्दा बालिकाको मृत्यु भएको छ ।
स्थानीय २८ वर्षीया हीरा खनालले एक वर्षीया छोरी दिलिसालाई वोकेर घर अगाडी रहेको इनारमा हाम फालेकी थिइन् । इनारमा हाम फालेकी हीराको जिवितै उद्धार गरिएपनि बालिकाको भने ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी श्याम ज्ञावालीले जानकारी दिनुभयो । हीराका श्रीमान श्रीमान धु्रव बैदेशिक रोजगारीको शिलशिलामा हाल युएईमा छन् । बालिकाको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।
