तस्करले हानेको ढुङ्गाले हवल्दार सावको कन्चटमा घाउ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २९ बुधवार २१:४९ बजे

तस्करले हानेको ढुङ्गाले हवल्दार सावको कन्चटमा घाउ

काठमाण्डौ
भदौ २९
पर्साको पिडारीगुठी गाविसको पिपराडीमा पर्ने ओरीया खोलामा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरी बीच आज झडप भएको छ । अवैध रुपमा भारततर्फ भईरहको बालुवा तस्करी रोक्न गएको सशस्त्र प्रहरीले भारतीय ट्याक्टर नियन्त्रणमा लिन खोजेपछि तस्करसँग झडप भएको हो ।

झडपमा सशस्त्र प्रहरीले ४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ । प्रहरी चौकी पिडारी र सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरका सशस्त्र प्रहरी नायब निरीक्षक हरि प्रसाद लम्सालको नेतृत्वमा गएको संयुक्त गस्ती टोलि माथि भारतीय बालुवा तस्करहरुले आक्रमण गरेका हुन् । पिडारी गुठी गाउ बिकास समिती वाड नम्बर ६ मा पर्ने ओरिया खोलाको ४२४ सिमा स्तम्भ बाट १ किलोमिटर भित्र आएर बालुवा लोड गरिरहेको भारतीय ट्याक्टर प्रहरीले नियन्त्रणमा लिनखोजेपछि तस्करहरुले ढुङ्गा हानेका थिए । तस्करहरुले हानेको ढुङ्गा लागेर सशस्त्र प्रहरी हवल्दार राजकुमार माझी र स्थानीय प्रभु चौधरी घाईते भएका छन् । भारतीय बालुवा तस्करहरुले नेपालको ओरिया खोला क्षेत्रबाट दिनहुँ सयौं ट्याक्टर बालुवा तस्करी गर्ने गरेका छन् । नेपालबाट तस्करी गरेको बालुवा मोतिहारीसम्म लैजाने गरिएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक रविन्द्र ठाकुरले तस्करहरुलाई अश्रुग्याँस हानेर भारततर्फ लखेटिएको  बताउनुभयो । यसैबिच, घटनापछि दुइपक्षबिच भएको बैठकले ओरिया खोला क्षेत्रमा संयुक्त गस्ती गर्ने र बालुवा तस्करी रोक्ने निर्णय गरेको छ । ट्याक्टर चालकहरुलाई नेपाल प्रवेश नगर्न सम्झाउने र नमानेमा कडा भन्दा कडा रुपमा प्रस्तुत हुन दुवै पक्ष सहमत भएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार