काठमाण्डौ
भदौ २९
गोरेटो अनि उस्तै छ गल्ली बोलको गीतका गायक सुनिल बर्देवाको असामयीक निधन भएको छ ।

४४ बर्षीय बर्देवा जण्डिसबाट पिडित थिए । उनको उपचारको क्रममा काठमाण्डौको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा निधन भएको हो । पछिल्लो समय कतिपय नेपाली युवाहरु विभिन्न रोगको सिकार वन्दै अल्पायुमै मृत्युवरण गर्न वाध्य भइरहेका छन् । केहिदिन अघिमात्र अर्का लोकगायक खेम गुरुङको पनि जण्डिसकै कारण निधन भयो । नेपाली परिवेशमा जण्डिस प्राणघातक रोग बनिरहेको छ । यद्यपी यसबारे प्रभावकारी उपचार र सतर्कताको लागि सरकारी निकायबाट सचेतना अपनाएको पाइन्न । विभिन्न रोगको सिकार बनेर निधन भएका सेलीब्रेटीमध्ये सुर्यकुमार क्षेत्रीपनि पर्छन् । सेलिब्रेटीहरु चिनिएका कारण उनीहरुको निधन भएको आम मानिसलाइ थाहा हुन्छ । यहि औसतमा हाम्रो मुलुकमा अन्य युवाहरु कतिधेरै विभिन्न रोगबाट ग्रसित छन् र दैनिक कति युवाहरुको मृत्यु भइरहेको छ ? यस्तो प्रश्नको जवाफ सरकारसँग छैन । जसले गर्दा आजभोलिका युवापुस्ता सुरक्षित छैन । यसबारे सरकारले ठोस निर्णय लिन आवश्यक छ र आम युवाहरुले समेत सम्वन्धित ढोकाहरु ढकढकाउनु पर्ने देखिन्छ । हरेक न्युज टिमको तर्फबाट स्वर्गीय सुनिल बर्देवाप्रति हार्दिक श्रद्धाञ्जली ।
