भगिनी संगठनको भाषण भृकुटीमण्डपमा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २९ बुधवार १७:०० बजे

भगिनी संगठनको भाषण भृकुटीमण्डपमा

काठमाण्डौ
भदौ २९
नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघको तेश्रो महाधिवेशन शुरु भएको छ ।  ‘सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने नारासहित सुरु भएको महाधिवेशनको कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो ।

उद्घाटनपछि सम्वोधन गर्दै कांग्रेस कोषाध्यक्ष एवं शान्ती मन्त्रीसीतादेवि यादवले महिलाहरुलाई हरेक तहमा पुरुष सरह समान अधिकार हुनुपर्ने बताउनु भयो । उहाँले महिलाको ५० प्रतिशत अधिकार सुनिश्चित गर्न मन्त्रीपरिषद्मा लविङ गर्ने पनि बताउनु भयो । महाधिवेशनमा पनि कांग्रेसभित्रको दुई गुटको प्रतिष्पर्धा हुने भएको छ । संस्थापन पक्षबाट संघको अध्यक्षमा उमा रेग्मी र नेता रामचन्द्र पौडेल पक्षबाट मीना पाण्डेबीच प्रतिष्पर्धा हुने छ ।  संघीय संरचनासहित प्रस्तावित महिला संघको नयाँ विधानमा केन्द्रीय कार्यसमिति ६५ सदस्यीय हुने उल्लेख छ । तीमध्ये नौजना मनोनीत र बाँकी सबै निर्वाचित हुने विधानले व्यवस्था गरेको छ ।

तस्विर , गुगल सापटी


प्रतिक्रिया

सम्बन्धित समाचार