काठमाण्डौ
भदौ २९
व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ पेस भएको छ । शिक्षामन्त्री धनिराम पौडेलले सदनमा सो विधेयक प्रस्तुत गर्नु भएको हो ।
यसअघि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई बैठकले अस्वीकृत गरेको थियो । त्यस्तै, आजको संसद बैठकमा सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले सहकारी विधेयक २०७३ प्रस्तुत गर्नुभयो । व्यवस्थापिका–संसद्को बैठक आगामी असोज ९ गतेसम्मका लागि स्थगित भएको छ ।
