काठमाण्डौ
भदौ २९
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको भविष्यका आधार आजका बालबालिका भएकाले उनीहरुलाई शिक्षा लिने उपयुक्त वातावरणको व्यवस्था गर्नुपर्ने गर्नुपर्ने बताउनुभएको छ ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिले राष्ट्रिय बालदिवस– २०७३ को अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा उहाँले बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि उपयुक्त पारिवारिक वातावरणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति भण्डारीले बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच सुनिश्चित गरी उनीहरुलाई बहुआयामिक प्रभिताका धनी बनाउन गर्भअवस्थादेखि नै सुनौला हजार दिनलाई सबैले बिशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले बालबालिका अझै पनि न्युनतम स्वास्थ्य शिक्षा समेत नपाइरहेको अवस्था रहेको उल्लेख गर्दै बाल बेचबिखन, दुरव्यवहार र अनुशासनका नाममा दण्ड सजाय अन्त्य गर्नुपर्ने हुनुपर्ने समेत उल्लेख गर्नुभयो ।
