काठमाण्डौ
भदौ २८
यसवर्षको इन्द्रजात्रा आजदेखि सुरु भएको छ । भाद्र शुक्ल द्वादशीदेखि आश्विन कृष्ण चौथीसम्म आठ दिनसम्म काठमाडौ उपत्यकामा मनाईने इन्द्रजात्रा आज साइतमा लिङ्गो ठड्याएपछी सूरु भएको हो ।
विहान ९ बजेर ३ मिनेटको साईतमा भक्तपुरमा लिङ्गो ठड्याईएको छ । भक्तपुरको नालास्थित गुठी सामुदायिक वनमा काटिएको रूखलाई हिजो साझनै लिङ्गो बनाएर ल्यार्ईएको थियो । यसैविच काठमाडौको हनुमानढोकामा लिंगो ठड्याउने क्रममा ३ जना घाइते भएका छन् । पहिलोपटक लिंगो ठड्याउने प्रयास गर्दा लिंगो ढलेर एकजना नेपाली सेनाका जवान र दुईजना स्थानीय बासिन्दा घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको उपचार भइरहेको छ ।
