बकर इद, नेपाल र मुस्लिम समुदायको सम्वन्ध


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २८ मंगलवार १५:४० बजे

बकर इद, नेपाल र मुस्लिम समुदायको सम्वन्ध

काठमाण्डौ
भदौ २८
इस्लाम धर्मावलम्बीले आज ‘बकर इद’ पर्व मनाउदैछन् । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इदुल अजहा’ पनि भनिन्छ । बकर इद मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व ‘इद उल फित्र’ पछिको दोस्रो ठूलो पर्व हो ।

‘इद उल फित्र’ समापन भएको ठीक दुई महिना दश दिनपछि यो पर्व आउँछ । हज कुर्बानी गर्नुपर्ने प्रमुख विशेषता रहेको बकर इदमा मुस्लिम समुदायका लागि हज र कुर्बानी अनिवार्य मानिन्छ ।  इस्लामको पाँच आधार स्तम्भ आस्था, नवाज, हज, रोजा र जकातमध्ये हजलाई मुख्य मानिन्छ । बकर र्ईदमा आज मदिना जामे मस्जिद, इमाममा बिहानै इदगाहमा भेला भएर नमाज पढिसकेपछि पशुको कुर्बानी दिईन्छ  ।
सदियौँदेखि कायम रहँदै आएको नेपालीहरूबीचको धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ मजबुत बनाउन राज्यले यस पर्वलाई पनि राष्ट्रिय पर्वको मान्यता दिएको छ । सरकारले बकर ईदको अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार