माथेमा र प्रचण्डको गफगाफ यस्तो थियो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २८ मंगलवार १५:३९ बजे

माथेमा र प्रचण्डको गफगाफ यस्तो थियो

काठमाण्डौ
भदौ २८
प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रका समस्या समाधान एवम् डा. गोविन्द केसीले उठाएका मागको सम्वोधनका लागि पहलकदमी लिनुभएको छ ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा दाहालले सम्बन्धित निकायसंग छलफल गदै डा. केसीले उठाएका मागको सम्वोधनका लागि पहलकदमी लिनुभएको हो । प्रधानमन्त्री दाहालले स्वास्थ्य मन्त्री गगन थापा, शिक्षामन्त्री धनीराम पौडेल, माथेमा आयोगका संयोजक केदारभक्त माथेमासहितका पदाधिकारीसँग सामूहीक छलफल गरी स्वास्थ्य शिक्षा क्षेत्रका विभिन्न समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभयो । माथेमा आयोगको प्रतिवेदन पूर्ण कार्यान्वयनसहितका माग राख्दै यसअघि ८ पटक अनशन बसिसकेका त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक गोविन्द केसीले आफूसंग भएका सहमति सरकारले कार्यान्वयन नगरे असोज ३  गतेबाट फेरी अनशन बस्ने चेतावनी दिएपछि प्रधानमन्त्रीले चासो देखाउनुभएको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार