काठमाण्डौ
भदौ २७
झुठ्ठा शैक्षीक प्रमाणपत्र पेश गरी प्रहरीमा जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी नायव निरिक्षक कुन्दन पौडेल विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।
पौडेलले प्रहरी सहायक निरीक्षक पदमा नियुक्तिको क्रममा पेस गरेको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली भएको अख्तियारको दाबी छ । महानगरीय प्रहरी वृत, महाराजगञ्जमा कार्यरत प्रहरी नायव निरिक्षक पौडेलले २०५८ सालमा प्रहरी सहायक निरिक्षक पदमा शुरु नियुक्ति हुने क्रममा माध्यमिक शिक्षा परिषद, भारतबाट इन्टरमिडियट परीक्षा पास गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरेको अख्तियारले जनाएको छ । कानुनबमोजिम कारबाहीको माग गर्दै अख्तियारले आज विशेष अदालत काठमाण्डौमा पौडेलविरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।
