काठमाण्डौ
भदौ २७
सोलुखुम्बुको भकाञ्जे–९ र चौँलाखर्क–१ को सिमानामा रहेको किञ्जा खोलामा रहेको काठेसाँघु भाचिँदा खोलामा खसेर दुई जना बेपत्ता भएका छन् ।
गएराति भकाञ्जेबाट चौँलाखर्कतर्फ जाँदै गर्दा सोही गाविस–१ का नुर्बु भुजेलको छोरा १४ वर्षीय देण्डी र गोली–९ का छप्ते शेर्पाका छोरा १५ वर्षीय फुरग्याल्जेन खोलामा खसेर बेपत्ता भएको बुद्ध मावि गोलीका शिक्षक उदक बस्नेतले जानकारी दिनुभयो ।
पुल भाँचिएर खोलामा खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले स्थानीयसँग खोजीको प्रयास गरे पनि ठूलो वर्षा र खोलामा बढेको बहावका कारण समस्या भएको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।
