काठमाण्डौ
भदौ २७
राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प पीडितलाई आवास निर्माणको लागी दुई लाख अनुदान रकममा एक लाख रुपैयाँ तत्काल थप्ने गृहकार्य थालेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणा अनुसार दुई लाखमा १ लाख रुपैयाँ थप गरी तीन लाख पु¥याउने विषयमा गृहकार्य सुरु गरिएको प्राधिकरणले जनाएको छ । प्रधानमन्त्रीले संसद्बाटै घोषणा गरिसकेकाले त्यसलाई कार्यान्वयन गर्न प्राधिरकणले प्रक्रिया थालिसकेको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।
थप एक लाख रुपैया अनुदान कसरी दिने भन्ने स्रोत तथा प्रक्रियाका विषयमा अर्थ मन्त्रालयसंग छलफल भईरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार यसबारे दशै अघिनै टुङगो लगाइनेछ । कार्यान्वायनको लागी मन्त्रीपरिषद्बाट निर्णय भई विदेशी दातृ निकायको समन्वयमा कार्यविधी समेत संशोधन गर्नुपर्ने प्रबक्ता थपलियाले बताउनुभयो । व्यवस्थापिका संसदमा बोल्दै प्रधानमन्त्री दाहालले भूकम्प प्रभावितलाई आठ लाख रूपैयाँसम्मको राहत प्याकेज घोषणा गर्नुभएको थियो ।
अनुदान बाहेक थप तीन लाख सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराइने भनिएपनि त्यसमा भने गृहकार्य सुरु हुन सकेको छैन । प्राधिकरणले हालसम्म भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका पाँच लाख ३३ हजार एक सय ८२ भूकम्प पीडितमध्ये चार लाख ३१ हजार परिवारसँग ५० हजार रूपैयाँ वितरणका लागि अनुदान सम्झौता भईसकेको प्राधिकरणको दाबी छ ।
