ए झरी,के झरिराकी यसरी ?


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २७ सोमवार १५:४१ बजे

ए झरी,के झरिराकी यसरी ?

काठमाण्डौ
भदौ २७
काठमाडौंसहित देशका अधिकांश स्थानमा गएरातिदेखि सुरु वर्षा आज साँझसम्म जारी रहने मौसमविद्ले बताएका छन् ।

काठमाडौंमा बेलुकासम्म पानी पर्ने र  भोलिदेखि मौसम सफा हुने मौसम पुर्वानुमान महाशाखाले अनुमान गरेको छ । गएरातीदेखिको वर्षाले पुर्व र मध्य क्षेत्रमा बढी असर गरेको छ  । मुलुकका पूर्वी र मध्यभागमा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मध्य र पुर्वी क्षेत्रको तुलनामा पश्चिम क्षेत्रमा कम वर्षा भएको छ । मौसमविद समिर श्रेष्ठका अनुसार कोशी र महाकाली नदीमा जलस्तर औसत भन्दा निकै बढेको छ । बिभागले मापन गरेको बहाव खतराको सूचकमाथि माथि गइसकेको श्रेष्ठले बताउनुभयो । मध्य र पूर्वी नेपालका जलाधार क्षेत्रहरु र ती भूभाग भएर बग्ने नदीहरुमा पानीको सतह बढेको हो । वर्षाका कारण राजधानी काठमाडौंको सडक बिस्तार र अन्य बिभिन्न कारणले भत्काइएका अधिकांश भित्री सडकहरु हिलाम्मे भएका छन्, जसका कारण  यातायात आवागमन थप कठिन भएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार