दर्जनौं बालिकालाई होटलमा ल्याएर यौन शोषण गर्ने पक्राउ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २६ आइतवार १८:५९ बजे

दर्जनौं बालिकालाई होटलमा ल्याएर यौन शोषण गर्ने पक्राउ

काठमाण्डौ
भदौ २६
बाल यौन दुराचारको आरोपमा एक अमेरिकी नागरिक र उसलाई सहयोग गर्ने नेपाली युवकलाई प्रहरीले राजधानीको ठमेलबाट पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बाल यौन दुराचारमा संलग्नताको आरोपमा अमेरिकी नागरिक ४८ बर्षीय केनेथ जोसेफ कुम्ब्स् र उनलाई सघाउने स्वयम्भू बस्ने २१ बर्षीय लुच्चे भन्ने बुद्ध पुतवारलाई ठमेल स्थित याम्बु होटलबाट पक्राउ गरेको हो । सोही होटल परिसरबाट ५ जना पीडित बालकलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । भदौ ७ गतेदेखि सो होटलमा बस्दै आएका ती अमेरिकी नागरिकले सहयोगी मार्फत बिभिन्न स्थानबाट दर्जनौं नेपाली बालबालिकालाई प्रलोभनमा पारी होटलमा ल्याएर यौन शोषण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनिहरुमाथि काठमाडौँ जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसार पसार र बाल यौन दुराचार मुद्धा अन्तर्गत म्याद लिई थप अनुसन्धान भईरहेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार