काठमाण्डौ
भदौ २६
सभामुख ओनसरी घर्तीले संसदमा हाजिरी गरेर बाहिर बेपत्ता नभइ बैठकमा सहभागी हुन सांसदहरुलाइ रुलिङ गर्नुभएको छ ।
अस्ति शुक्रबार कोरम नपुगेर संसद बैठक स्थगित भएपछि आज बसेको बैठकको सुरुमै सभामुख घर्तीले यस्तो रुलिङ गर्नुभएको हो । संविधान कार्यान्वयनका लागि संसद्ले महत्वपूर्ण कामहरु गर्नुपर्ने अवस्थामा संसद्मा सांसदहरुको उपस्थिति अनिवार्य रहेको बताउँदै सभामुखले बाहिरी गतिविधिलाई भन्दा संसद्को विजनेसलाई प्राथमिकता दिन पनि रुलिङ गर्नुभएको छ । अस्थित शुक्रबार संसद्मा हाजिरी गरेका २ सय ४० जना सांसदहरु संसद बैठकमा नबसी बाहिरिएका थिए । ती मध्ये झण्डै ३ दर्जन महिला सांसद आइएनजिओको गोष्ठी सहभागी हुन गएका थिए । यसबारेमा धेरै आलोचना भएपछि संसदको आजको बैठकमा सांसदहरुको उपस्थिति केही बाक्लो देखिएको छ।
