काठमाण्डौ
भदौ २६
चितवन यातायात व्यावसायी संघले ट्राफिक प्रहरीले कारबाही गरेको विरोधमा स्थानीय रुटमा चल्ने सवारी साधन बन्द गराएको छ ।
रुट परमीट बिनाका सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेपछि त्यसको विरोधमा संघले आफुमातहत रहेका व्यवसायीहरुलाई यातायात संचालन नगर्न निर्देशन दिएको हो । स्थानीय रुटमा चल्ने सवारी साधनका ११ जना अगुवा व्यावसायीहरुलाई हिजो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । अन्य संघमा आवद्ध व्यवसायीहरुले भने यातायातका साधन संचालन गरिरहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
