काठमाण्डौ
भदौ २६
इस्लाम धर्मावलम्बीको महान पर्व वकर इदको उपलक्ष्यमा पर्सी मंगलबार सरकारले सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद मंगलबार मनाइँदैछ ।
गृहमन्त्रालयले एक सूचना जारी गर्दै सो दिन सार्वजनिक विदा दिने जनाएको हो । बकर इदका अवसरमा इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बलि दिने र बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन छ । बकर इद तीन दिनसम्म मनाइने भएपनि सरकारले मंगलबारका लागि विदा दिएको हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
