आफुले आफै मार्ने रोकथामको दिन आज


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २५ शनिवार १६:२२ बजे

आफुले आफै मार्ने रोकथामको दिन आज

काठमाण्डौ
भदौ २५
’विश्व आत्महत्या रोकथाम दिवस’ आज प्रभातफेरी कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

द स्कुल अफ साइकोलोजी नेपाल र साइकडेस्क फाउण्डेसनद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालय मनोविज्ञान विभाग, युवा सहकार्य नेपाल, रक्षा नेपाल र आइसिडिसी नेपाललगायत विभिन्न सङ्संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता थियो । हरेक वर्ष सेप्टेम्बर १० तारिख विश्व आत्महत्या रोकथाम दिवसका रुपमा मनाउने गरिन्छ । त्रिचन्द्र कलेज मनोविज्ञान विभागका उपप्राध्यापक डा नरेन्द्रसिह ठगुन्नाले सबैभन्दा बढी आत्महत्या हुने विश्वका १० देशमध्ये नेपाल सातौँ रहेको उल्लेख गर्दै आत्महत्या रोकथामका लागि नेपालमा व्यापक जनचेतना जगाउनुपर्ने बताउनुभयो । उहाँले नेपालमा हरेक दिन करिब एक दर्जन व्यक्तिले कुनै न कुनै कारणले आत्महत्या गर्ने गरेको जानकारी दिदैं दक्षिण एसीयाली सहयोग सङ्गठन (सार्क) राष्ट्रमा श्रीलङ्कापछि बढी आत्महत्या हुने देश नेपाल रहेको बताउनुभयो । मानसिक तथा नशा रोग विशेषज्ञ डा नरेन्द्र कटवालले नेपालमा आत्महत्या गर्ने मुख्य कारण मानसिक तनाव भएको भन्दै बेरोजगारी, तनाव, लागुऔषध, अत्याधिक मदिरा सेवन, घरायसी समस्या, र कसै कसैले वंशाणुगत कारणले पनि आत्महत्या गर्ने गरेको बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार