असोज ३ गतेदेखि डाक्टर गोविन्द केसी फेरी अनसन बस्ने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २५ शनिवार १५:१९ बजे

असोज ३ गतेदेखि डाक्टर गोविन्द केसी फेरी अनसन बस्ने

काठमाण्डौ
भदौ २५
शिक्षण अस्पताल महाराजगंजका प्राध्यापक डाक्टर गोविन्द केसीले आफुसँग सरकारले गरेको सहमति कार्यान्वयन नगरेअसोज ३ गतेदेखि पुनः आमरण अनसन बस्ने चेतावनी दिनुभएको छ ।

baseya

आज एक विज्ञप्ती जारी गर्दै डाक्टर केसीले आफ्नो आठौँ पटकको आमरण अनसन तोड्नेक्रममा सरकारसँग भएको ४ बुदे सहमति कार्यान्वयन अक्षरस नगरे पुनः अनसन बस्ने घोषणा गर्नुभएको हो । आफुसँग भएको सहमति कार्यान्वयन गर्न चलखेल भइरहेको भन्दै डाक्टर केसीले चिकित्सा शिक्षा एने संसदमा अहिलेसम्म अघि बढ्न नसकेको,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग लगाउने विषयमा छलफल गरियोस् भनेर संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुन नसकेको साथै बरिष्ठताका आधारमा आइओएममा हुनुपर्ने डिन नियुक्ती बर्षौदेखि हुन नसकेको भन्दै आक्रोस व्यक्त गर्नुभएको छ । डाक्टर केसीले आफुसँग भएको सहमति कार्यान्वयन गर्न सरकारलाइ असोज २ गतेसम्मको अल्टिमेटम दिनुभएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार