गुण्डा नाइकेलाइ प्रहरीको गोली उपहार


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २५ शनिवार १३:३६ बजे

गुण्डा नाइकेलाइ प्रहरीको गोली उपहार

काठमाण्डौ
भदौ २५
दाङको तुलसीपुर नगरपालिकामा प्रहरीको गोलीबाट एक गुन्डा नाइके घाइते भएका छन । घटनामा रामपुर–९ निवासी २७ वर्षीय दानबहादुर बुढा घाइते भएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।

timthumb

उहाँका अनुसार गएराति साढे १२ बजे तुलसीपुर–घोराही सडकखण्डको ग्वारखोला नजिकै पाँच जनाको संख्यामा रहेको गुण्डाहरूको समूहले गस्तीमा रहेको प्रहरी टोलीमाथि आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो । घाइते बुढाको दाहिने खुट्टामा गोली लागेको र उनको हाल राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ । प्रहरीले अन्य चार जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको रामपुर गाविस वडा नं. ९ निवासी २१ वर्षीय रमेश अधिकारी, सोही ठाउँका १९ वर्षीय उपेन्द्र गिरी, २२ वर्षीय किरण पोख्रेल र तुलसीपुर नगरपालिका वडा नं. १५का सागर श्रेष्ठ रहेका छन् । एसपी सिंहका अनुसार गोली लागेर घाइते भएका बुढा यसअघि व्यापारीलाई फोनमा धम्की दिने र रकम असुल्ने काममा संलग्न रहेको खुल्न आएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार