काठमाण्डौ
भदौ २३
व्यवस्थापिका संसदको सुशासन समितिद्धारा गठित उपसमितीले काठमाण्डौ विश्वविद्यालयद्धारा सञ्चालित परिक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेप सम्वन्धमा प्रतिवेदन तयार पारी समितीमा पेश गरेको छ ।
आज उपसमितीले प्रतिवेदन समितीमा बुझाउदै काठमाडौं विश्वविद्यालयको परीक्षा हस्तक्षेपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विश्वविद्यालय दुबै दोषी रहेको जनाएको छ । उपसमितीको प्रतिवेदनले आफ्नो क्षेत्राधिकार ननाघ्न अख्तियारलाइ सुझाव दिएको छ । त्यस्तै परिक्षा प्रणालीलाइ सुधार्न उपसमितीले काठमाण्डौ विश्वविद्यालयलाइ सुझाव दिएको छ । सांसद जनकराज जोशीको संयोजकत्वमा उदय नेपाली श्रेष्ठ, पदमनारायण चौधरी, नरसिंह चौधरी र मिलन राजवंशी सदस्य रहेको उपसमितीले प्रतिवेदन तयार पारेको हो । उपसमितीको प्रतिवेदनबारे आइतबार समितीमा छलफल हुने भएको छ । साथै उपसमितीले त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसी अनसन बसेका बेला चिकित्सा क्षेत्रमा अख्तियार जोडिएर आएका विषय संकलन गरेर समितिमा बुझाएको छ । डाक्टर केसीले आफ्नो आठौं पटकको आमरण अनसनका क्रममा विश्वविद्यालयको परीक्षामा अख्तियारले हस्तक्षेप गरेको बारे पनि कुरा उठाउनुभएकाले संसदीय उपसमितीले चासो देखाएको हो ।
