काठमाण्डौ
भदौ २३
टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोआनले अमेरीका र टर्की मिलेर सीरियामा चरमपन्थी संगठन इस्लामिक स्टेट (आइएस) को क्याम्पमा आक्रमण गर्ने संकेत गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति बराक ओबामाले चीनमा जी ट्वेन्टी बैठकमा चरमपन्थीविरुद्ध साझा अभियान चलाउने प्रस्ताव गरेको एर्दोआनले बताउनुभएको हो । त्यसमा टर्की तयार रहेको उहाँको भनाई थियो । टर्कीका संचारमध्यममा एर्दोआनको अभिव्यक्तिको चर्चा भईरहेपनि अमेरिकाले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । गत महिना टर्कीले सीरियाको सीमामा पसेर आइएस र कुर्दिसविरुद्ध अभियानको सुरुवात गरेको छ ।
