काठमाण्डौ
भदौ २३
अमेरिकी राष्ट्रपति दौडमा रहेका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरीकी राष्ट्रपति बराक ओबामा भन्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बढी सफल रहेको बताउनुभएको छ ।
अमेरिकी रक्षा मन्त्रालयका प्रमुखले रुसले विश्वमा राजनीतिक अस्थिरता रोप्न खोजेको भनि आरोप लगाएकै दिन ट्रम्पको यस्तो भनाई आएको हो । ट्रम्पले रुसी राष्ट्रपति पुटिन, ओबामा भन्दा कुशल नेता बन्न सकेको भनि प्रशंसा गर्नुभएको छ । उहाँले पुटिनले आफ्नो देशमा प्रभाव र नियन्त्रण जमाइराख्न सफल भएकाले पनि रुसी राष्ट्रपति पुटिन सफल साबित भएको भनि प्रष्ट्याउनुभएको छ । यसअघि पनि गत डिसेम्बरमा ट्रम्पले रुसी राष्ट्रपति पुटिनको प्रशंसा गर्नुभएको थियो भने पुटिनले पनि ट्रम्पलाई प्रतिभावान व्यक्ति भनेर प्रशंसा गर्नुभएको थियो ।
