जे जस्तै भएपनि शिक्षाको कुरा गर्ने दिन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २३ बिहीवार १६:०२ बजे

जे जस्तै भएपनि शिक्षाको कुरा गर्ने दिन

काठमाण्डौ
भदौ २३
अन्तर्राष्ट्रिय साक्षरता तथा ३७ औँ राष्ट्रिय शिक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन नपरोस्’ भन्ने नाराका साथ विसं २०३१ बाट मनाउन थालिएको राष्ट्रिय शिक्षा दिवसको यस पटकको नारा ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ भन्ने रहेको छ ।संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले आठ सेप्टेम्बरलाई अन्तर्राष्ट्रिय साक्षरता मनाउँदै आएको छ । युनेस्को मुख्यालयमा पनि दुईदिने विशेष उत्सवसहित अन्तराष्ट्रिय साक्षरता दिवस मनाइदैछ । नेपालमा पछिल्ला दशकमा दुवै दिवसलाई एकै दिन मनाउन थालिएको हो ।
दिवसका अवसरमा आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल विद्याभूषण प्राप्त गर्ने विद्यार्थीलाई पदक वितरण गर्दैहुनुहुन्छ भने दिउँसो सांस्कृतिक गतिविधिसहित उत्कृष्ट विद्यालय, सामुदायिक अध्ययन केन्द्र, शिक्षाकर्मी र विद्यार्थी पुरस्कृत गरिने कार्यक्रम छ । विसं २०६८ को जनगणनामा ६५ प्रतिशत साक्षरता दर रहेकामा हाल ९२ प्रतिशत पुगेको सरकारी तथ्याङक छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट