बेलायतले निर्दोष देखेपछि कर्णेल लामा झोला बोकेर नेपाल आउदै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २१ मंगलवार २१:४९ बजे

बेलायतले निर्दोष देखेपछि कर्णेल लामा झोला बोकेर नेपाल आउदै

काठमाण्डौ
भदौ २१
नेपालको शसस्त्र द्वन्द्का क्रममा भएका मानवअधिकार उल्लंघनको आरोपमा साढे ३ बर्षदेखि बेलायतमा मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाले सफाइ पाउनुभएको छ ।

1465217138kumar-lama

कर्णेल लामाविरुद्ध परेको २ वटै मुद्धामा सफाइ पाएसँगै उहाँलाइ नेपाल आउने बाटो खुलेको छ । उहाँले एउटा मुद्धामा साउनमा नै उन्मुक्ति पाउनुभएको थियो । दुई आरोपित मध्ये एक व्यक्तिको मुद्दामा लामालाई दोषी ठहर गर्न नसकिने निर्णय जुरीले सुनाएपछि उहाँ नेपाल फर्कने सम्भावना कायम राख्दै दोस्रो मुद्दाको फैसला कुरेर बस्नुभएको थियो । आज दोस्रो मुद्धामा पनि उहाँले सफाइ पाउनुभएको हो । अभियोजन पक्षले लामालाई दोषी ठर्हयाउन सक्ने पर्याप्त आधार नभएको भन्दै मुद्दा अघि नबढाउने निर्णय लिएपछि लन्डनस्थित फौजदारी अदालतमा जस्टीस स्वीनी सहितको १२ सदस्यीय जुरीले लामालाई दुवै आरोपवाट सफाई दिने निर्णय सुनाएको हो । ११ वर्षअघि कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको अभियोगमा लामाविरुद्ध मुद्धा परेको थियो ।  द्वन्द्व सकिएको वर्षौ बित्दा समेत नेपालले आफू पक्षधर रहेको यातनाविरुद्धको महासन्धि अनुसार कानुन नबनाएको हुनाले पिडकहरुले उन्मुक्ति पाइरहेको दाबीसहित विभिन्न अधिकारवादी संस्थाले हालेको उजुरीका आधारमा लामा पक्राउ पर्नुभएको हो । दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघको शान्ति सेनामा खटिएका बेला छुट्टिमा परिवार भेटन बेलायत पुगेका बेला उहाँलाइ बेलायतको प्रहरीले पक्राउ गरेको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार