भैँसेपाटीमा बसेर सुन्दर बिनाको श्यामलाइ सघाउने पण्डित पक्राउ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २१ मंगलवार १६:३९ बजे

भैँसेपाटीमा बसेर सुन्दर बिनाको श्यामलाइ सघाउने पण्डित पक्राउ

काठमाण्डौ
भदौ २१
पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई पैसा असुली गर्न सघाएको आरोपमा भैसेपाटी प्रहरी प्रभागका प्रमुख÷ प्रहरी निरीक्षक अनिल पण्डित पक्राउ परेका छन् ।

मेनपावर ब्यावसायी तारा रेग्मीलाई धम्क्याएर पैसा असुली गर्न पूर्वमन्त्री गुप्तालाई सहयोग गरेको आरोपमा पण्डितलाई आज विहान पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिनुभयो । पीडित भनिएकी रेग्मी शसस्त्र प्रहरीका तत्कालिन डीआईजी रञ्जन कोइरालालाई पत्नी गीता ढकालको हत्या गर्न सघाएको आरोपमा अदालतबाट ११ महिना कैद सुनाइएकी महिला हुन् । कोइरालाकी प्रेमिका भनेर चिनिएकी रेग्मी फरार रहदै आएकी थिइन् । प्रहरीले रेग्मीलाई पनि पक्राउ गरेको छ । उनलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएकोमा अदालतको आदेशमा कैद सजाय भुक्तानीका लागि केन्द्रिय कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
व्यापारी तारा रेग्मीलाई धम्क्याउँदै ५० लाख रुपैयाँ असुली गर्न खोजेको आरोपमा पूर्वमन्त्री गुप्ता हिजो ललितपुरको ताल्छीखेलबाट पक्राउ परेका थिए । उनको बयानका आधारमा प्रहरीले भैसेपाटीका प्रहरी निरिक्षक अनिल पण्डितलाई पक्राउ गरेको थियो । पण्डितको बयानका आधारमा प्रहरीले रेग्मीलाई नियन्त्रणमा लिएको हो । अपहरण तथा शरिर बन्धक मुद्दामा अनुसन्धानका लागि पण्डितलाई प्रहरी हिरासतमा राख्न ललितपुर जिल्ला अदालतले म्याद थप गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार