काठमाण्डौ
भदौ २०
पूर्वमन्त्री श्यामसुन्दर गुप्ता फेरी पक्राउ परेका छन् ।

एक महिला व्यवसायीलाइ पटक पटक धम्क्याउदै लाखौँ रुपैया मागेको आरोपमा प्रहरीले गुप्तालाइ ललितपुरको ताल्छिखेलबाट आज पक्राउ गरेको हो । एक महिला व्यवसायीलाइ फोन गरेर अपहरणको धम्की दिंदै पैसा मागेको उजुरी परेपछि पक्राउ गरिएको ललितपुर परिसरका एसएसपी पिताम्बर अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका गुप्तालाई अपहरण तथा शरीर बन्धक उद्योगमा अदालतबाट चार दिनको म्याद लिएर हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको एसएसपी अधिकारीले जानकारी दिनुभयो । २०६८ पुस ७ गते व्यावसायी पवन सांघाइसँग ८० लाख रुपैयाँ फिरौती असुल गरेर डिल्लीबजार गणेस्थानबाट अपहरण गरेको आरोपमा गुप्ता तीन वर्ष जेल बसेका थिए ।
