मान्छे बेच्नेलाइ खवरदारी गर्ने दिन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २० सोमवार १७:३५ बजे

मान्छे बेच्नेलाइ खवरदारी गर्ने दिन

काठमाण्डौ
भदौ २०
मानव बेचबिखन विरुद्धको १० आँै राष्ट्रिय दिवस, आज विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । ‘ एउटै लक्ष एउटै सार मानव बेचविखनको अन्त्य हाम्रो साझा सरोकार’ भन्ने नाराका साथ महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको अगुवाइमा यो दिवस मनाउन लागिएको हो ।

दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले मानव बेचबिखनजस्तो जघन्य अपराध रोक्नका लागि सबैलाई आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । पछिल्ला केही वर्षयता मुलुकमा मानव बेचबिखनको स्वरुप फेरिँदै गएको र त्यसबाट महिला तथा बालबालिका बढी प्रभावित हुने गरेकोले जनचेतना अभिवृद्धि गराउने उद्देश्यले साताभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । नेपालबाट बर्षेनी १०–१२ हजार मानव बेचविखनमा पर्ने गरेको तथ्याङकले देखाएको छ । जसमध्ये ८० प्रतिशत महिला बालबालिका यौन शोषणमा पर्ने गरेका छन् । नेपालले भदौ २० गतेलाई  राष्ट्रिय मावन बेचविखनको रुपमा मनाउँदै आएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार