काठमाण्डौ
भदौ २०
संचारमन्त्री राम कार्कीले सबै सञ्चार गृहमा पत्रकारहरुको न्युनतम पारिश्रमीक तत्काल कार्यान्वयन गराउने प्रतिवद्धता जनाउनुभएको छ । व्यास्थापिका संसद अन्तगर्तको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आज विहान बसेको बैठकमा मन्त्री कार्कीले छिट्टै सबै संञ्चारगृहमा न्युनतम पारिश्रमीक लागु गराउने बताउनुभएको हो ।
सरकारले तोकेको न्युनतम पारिश्रमीक कार्यान्वयन नगर्ने संचारमाध्यमहरुलाई कारवाही गर्ने समेत मन्त्री कार्कीले चेतावनी दिनुभएको छ । निजी तथा सरकारी संचार माध्यममा सरकारले तोकेको न्युनतम पारिश्रमीक कार्यान्वयन भए÷नभएको विषयमा छलफल गर्न बोलाएको समिति बैठकमा मन्त्री कार्कीले कतिपय संञ्चार माध्यमले नक्कली कागजात बनाएर न्युनतम पारीश्रमिक लागु गरेको देखाउने गरेको भन्दै त्यस्ता संस्थालार्ई कारवाही गर्नुपर्ने बताउनुभयो ।
समिती बैठकमा सांसदहरुले नक्कली कागजात बनाएर न्युनतम पारिश्रमीक लागु गरेको देखाउने संचार माध्यमहरुको लाईसेन्स खारेज गर्नुपर्ने बताएका थिए । बैठकपछी समितिले सरकारले तोके वंबोजिम न्यूनतम पारिश्रमीक सबै संञ्चार माध्यममा तत्कालै लागु गराउन निर्देशन दिएको छ । सरकारले गएको असार मसान्तभित्र पत्रकारहरुको मासिक न्यूनतम पारिश्रमीक १९ हजार ५ सय निर्धारण गरेको थियो ।
