काठमाण्डौ
भदौ १९
नील आर्मस्ट्रङ्गसँगै चन्द्रमामा पुगेर मानव पाइला राख्ने अर्का यात्री बज एड्रिन भोलि नेपाल आउनुहुने भएको छ । उहाँ पर्सी मंगलबार विराटनगर जानुहुने छ ।
पहिलो अन्तरिक्ष यान एपोलो–११ मार्फत उहाँ चन्द्रमामा पुग्नुभएको थियो । सुनसरीको सीतागन्जस्थित एभरेस्ट साइन्स सेन्टरमा आयोजना हुने तय भएको कार्यक्रममा नेपालीलाई आफ्नो चन्द्रमाको अनुभव सुनाउन एड्रिन मङ्गलबार विराटनगर आउन लागेको एभरेस्ट साइन्स सेन्टरका निर्देशक दिलीप अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
