बर्षमा ७ अर्बको चकलेट चपाउने नेपाली बङ्गारा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ १८ शनिवार १८:५४ बजे

बर्षमा ७ अर्बको चकलेट चपाउने नेपाली बङ्गारा

काठमाण्डौ
भदौ १८
मुलुकभित्र थुप्रै चकलेट तथा चुइगम उद्योग सञ्चालनमा रहेपनि बर्षेनी नेपालमा ६ अर्ब रुपैया बढीको चकलेट तथा चयइगम आयात हुने गरेको सरकारी तथ्यांकले देखाएको छ ।

भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाका अनुसार यसवर्ष  छ अर्ब ३४ करोड तीन लाख ९१ हजार रुपैयाको चकलेट र एक अर्ब ८४ करोड ७८ लाख सात हजार रुपैयाको चुइगम आयात भएको छ । भन्सार विभाग, त्रिपुरेश्वरले आर्थिक बर्ष २०७२÷०७३ मा प्रकाशन गरेको वैदेशिक व्यापार तथ्याङ्क पुस्तकमा नेपालमा विश्वका २१ देशबाट चकलेट र १० देशबाट तयारी चुइगम आयात भएको उल्लेख छ । मुख्यतया कृषिबाट प्राप्त हुने कच्चा पदार्थको प्रयोग गरी उत्पादन गर्न सकिने चकलेट र चुइगमको आयात प्रतिस्थापन गर्न लगानी मैत्रीपूर्ण वातावरण बनाउनुपर्ने धारणा चकलेट व्यवसायीहरु बताउछन् । नेपालमा दर्जनाँै चकलेट तथा चुइगम उद्योग सञ्चालनमा रहेपनि आयात प्रतिस्थापन हुन नसक्नुको मुख्य कारण गुणस्तरीय चकलेट उत्पादन हुन नसक्नु नै रहेको व्यवसायीहरुको भनाइ छ । नेपालमा सबैभन्दा धेरै चकलेट र चुइगम भारतबाट आयात भएको छ । त्यस्तै,बंगलादेश,चीन,साउदी अरब,मलेसिया,टर्की,थाइल्याण्ड लगायतका देशबाट पनि चकलेट आयात हुने गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार