काठमाण्डौ
भदौ १८
त्रिपुरेश्वर कलंकी सडक बिस्तारकार्य आजबाट फेरी सुरु भएको छ । केहि बर्षअघि नै सो सडकखण्ड बिस्तारकार्य सुरु गरिएपनि स्थानीयको विरोधले रोकिएको थियो ।

सडक बिस्तार अन्तर्गत आज त्रिपुरेश्वर–टेकु सडकखण्डमा डोजर चलाइएको छ । सडक विभागका अनुसार बिस्तारपछि २२ मिटर चौडा सडक बन्नेछ भने दायाँबायाँ २÷२ मिटरको पैदल यात्राको लागि बाटो बन्नेछ । त्रिपुरेश्वर हुदै कालीमाटीको बिष्णुमती पुलसम्मको सडकलाइ २२ मिटर चौडा बनाइने सडक विभागले जनाएको छ । २२ मिटर भित्र पर्ने सडकछेउका भौतिक संरचना भत्काइने विभागले जनाएको छ । जसअन्तर्गत आज सडकपेटी तथा कतिपय सरकारी कार्यालयकै कम्पाउण्डदेखि स्थानीयको सटरहरुमा डोजर चलाइएको छ । भूकम्पपछि रोकिएको सडक विस्तारको कामलाई सडक विभागले पछिल्लो समय तिव्रता दिएको छ ।
