काठमाण्डौ
भदौ १७
प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यालय समयमा सिंहदरबारमा तास खेल्ने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हिजो कार्यालय समयमै कर्मचारीहरु तास खेल्दै गरेको भिडियो र समाचार अन्नपूर्ण अनलाइनले सार्वजनिक गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कर्मचारीले तास खेलेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै संलग्नलाई कारबाही गर्न निर्देशन दिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै तत्काल छानबिन गरी संलग्नलाई कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएको हो । त्यस्तै, प्रधानमन्त्री दाहालले आफू विहान १० बजे नै सिंहदरबार पुगेर जनताको काम काम गर्ने बताउदै सबै कर्मचारीलाई समयमा उपस्थित भएर जनतको काम गर्न र कुनै पनि गलत काम नगर्न निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
