नार्गाजुन डाडोमा सरकारको झापड


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ १७ शुक्रवार १८:५४ बजे

नार्गाजुन डाडोमा सरकारको झापड

काठमाण्डौ
भदौ १७
पूर्वराजा ज्ञानेन्द्र शाह बस्ने नागार्जुन दरबारमा पनि सरकारले विद्युत लाइन काटेको छ । स्रोतका अनुसार उर्जा मन्त्रालयको निर्देशनमा विद्युत प्राधिकरणले हिजो विद्युत काटेको हो ।

नागार्जुन दरबारले तिर्नुपर्ने बक्यौतालाई कारण देखाउँदै लाइन काटिएको हो । गणतन्त्रको घोषणापछि सरकारले निर्णय गरेर बसोबासका लागि ज्ञानेन्द्रलाई उपलब्ध गराइएको नागार्जुन दरवार सरकारको स्वामित्वमा छ र सरकारी निकायबाटै त्यसको व्यवस्थापन हुँदै आएको छ । सो दरवार गत बर्षको भूकम्पले क्षतविक्षत भएर बस्ने अवस्था नभएपछि पूर्वराजा ज्ञानेन्द्र पछिल्लो समय निर्मल निवासमा बस्दै आउनुभएको छ ।
यसअघि सरकारले पूर्व मुमाबडामहारानी रत्न बस्दै आउनुभएको नारायणहिटी दरवार संग्रहालय परिषरमा रहेको महेन्द्र मञ्जिलको पनि बिजुलीको लाइन काटेको थियो । पूर्व मुमाबडामहारानीलाई बस्नका लागि सरकारले निर्णय गरेर उपलब्ध गराएको महेन्द्र मञ्जिलमा बिजुली काटेर सरकारले संवेदनहिनता देखाएको भन्दै आलोचना र विरोध भएपछि सरकारले एक दिनपछि नै त्यहाँ बिजुलीको लाइन जोडिदिएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार