काठमाण्डौ
भदौ १७
पाकिस्तानको मर्दान शहरस्थित एक अदालतमा आज भएको आत्मघाती बम आक्रमणमा कम्तिमा १२ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी मानिस घाइते भएका छन् ।
प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाए अनुसार आक्रमणकारीले पहिले हाते ग्रिनेड अदालत परिषरमा फालेपछि भित्र गएर बम बिष्फोटन थराएका थिए । सो आक्रमणमा ३ जना वकिल र २ प्रहरी अधिकारीसहित सर्वसाधारणको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसअघि आजै विहान ४ जना आक्रमणकारीले पेशावर शहरमा क्रिश्चियनहरुको कोलोनीमा आक्रमण गरेका थिए । उनिहरु प्रहरीको कारवाहीमा मारिएका छन् । खैबर पख्तुनवा प्रान्तमा भएका ती दुवै आक्रमणको जिम्मा तालेवानबाट अलग भएको समूह जम्मात उल अहरर ले लिएको छ ।
