टिकापुरको हिंसात्मक घट्नाबारे प्रचण्ड


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ १७ शुक्रवार १५:४४ बजे

टिकापुरको हिंसात्मक घट्नाबारे प्रचण्ड

काठमाण्डौ
भदौ १७
प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीको टिकापुरमा गतवर्ष भएको हिंसात्मक घटनाको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन भएकाले सो समितिले दिने सुझावका आधारमा सरकार अगाडि बढ्ने बताउनुभएको छ । आज विहान थारु राष्ट्रिय मुक्ति मोर्चाको  ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले निर्दोषलाई दुःख दिने विषय आफूलाई स्वीकार्य नभएको र आयोगले दिने प्रतिवेदनमा कोही दोषी देखिए कारबाही हुने बताउनुभयो ।

prachendra

सरकारले गृह मन्त्रालयमार्फत तराई–मधेसमा भएको आन्दोलन र क्षतिको विषयमा छानबिन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अनावश्यक रुपमा दुःख दिने कार्य तत्काल रोक्न आफूले निर्देशन समेत दिइसकेको जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले संविधानले गरेको व्यवस्थाअनुसार नै राज्यका हरेक निकायमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वका लागि प्रमुख दलहरुसँगको सहमतिका आधारमा अगाडि बढिने बताउनुभएको भेटमा सहभागी नेकपा (माओवादी केन्द्र)का सांसद् मानबहादुर थारुले जानकारी दिनुभयो ।
मोर्चाले सुकुम्बासी, कमैयाको समस्या समाधान गर्न, समावेशी तथा समावेशी प्रतिनिधित्व लागू गर्न र स्थानीय निकायको पुनःसंरचनाको विषयमा देखिएको विवाद तत्काल समाधान गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । सो अवसरमा सांसद अमनलाल मोदी, अन्जना चौधरी, दुर्गा खुना र नेता दुर्गाबहादुर चौधरीले आदिवासी थारु समुदायको माग सम्बोधन गर्न र संविधानमा समेटन बाँकी रहेका विषय संशोधनमार्फत अगाडि बढाउन आग्रह गरेका थिए।


प्रतिक्रिया

सम्बन्धित समाचार