अस्पताल घुमघाममा मन्त्री ज्यू


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ १५ बुधवार १९:०४ बजे

अस्पताल घुमघाममा मन्त्री ज्यू

काठमाण्डौ
भदौ १५
स्वास्थ्यमन्त्री गगन थापाले आज काभ्रे पुगेर त्यहाँका केही अस्पतालको अवस्थाबारे जानकारी लिनुभएको छ ।

उहाँले काभ्रेको बनेपा घोकेचौरस्थित शिर मेमोरियल अस्पताल र बुडोलमा रहेको रेयुकाई एइको मासुनागा आँखा अस्पतालको निरिक्षण गर्नुभएको छ । मन्त्री थापाले ती अस्पतालमा रहेका बिरामीहरुको स्वास्थ्य अवस्थाका साथै अस्पतालले गरिरहेको उपचारका बारेमा पनि जानकारी लिनुभएको थियो । समुदायको सक्रियतामा अस्पतालले दिएको सेवा प्रेरणादायी रहेको प्रतिक्रिया दिंदै मन्त्री थापाले सरकारले पनि सामुदायिक अस्पताललाई सहयोग गर्ने र सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार