सोमालियामा सम्हालिन सकेन बम


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ १४ मंगलवार २२:०२ बजे

सोमालियामा सम्हालिन सकेन बम

काठमाण्डौ
भदौ १४
सोमालियाको राजधानि मोगादिसुमा एक होटल नजिकैको बम विष्फोटमा परि १२ जनाको मृत्यु भएको छ । ३० भन्दा बढि घाईते भएका छन् । घाईते भएकाहरुमा केहि राजनीतिज्ञ पनि रहेको बीबीसीले जनाएको छ ।

आक्रमण भएको होटल सरकारि अधिकारिहरु जम्मा हुने ठाउँ रहेको बताईएको छ । जहाँ यसअघि पनि पटक पटक आक्रमणको प्रयास भएका थिए । आक्रमण आफूले गराएको अल कायदा सम्बद्ध इस्लामिक समूह अल शबाबले बताएको छ । सोमालियामा ईस्लामिक राज्य स्थापना गर्न भन्दै अल शबाबले राष्ट्रसंघको समर्थानमा रहेको सोमालिया सरकारविरुद्ध लड्दै आएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार