हराएकाहरुको अन्तराष्ट्रिय दिवस


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ १४ मंगलवार १६:४१ बजे

हराएकाहरुको अन्तराष्ट्रिय दिवस

कठमााण्डौ
भदौ १४
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष अगष्ट ३० मा यो दिवस मनाउने गरिन्छ ।

नेपालमा १० बर्षे सशस्त्र द्वन्द्वपछि शान्ति सम्झौता भएको एक दशक पुग्न लाग्दा समेत राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएकाहरुको अवस्था अझै पत्ता लाग्न सकेको छैन । विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारजनलाई जानकारी गराउने भनी प्रतिबद्धता गरिएको थियो ।
लामो सघर्षपछि गठन गरिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा ३ हजार बढी ले आफ्ना मान्छे खोजि गरिदिन आग्रह गर्दै उजुरी दिएका छन् । बेपत्ता आयोगले वेपत्ता भएकाहरुको खोजीको लागी अस्ति आईतबारबाट प्रारम्भिक विवरण संकलन थालेपनि सत्यतथ्य पत्ता लाग्ने र दोषीलाई कारबाही हुनेमा पीडितहरु विश्वस्त छैनन् ।
राष्ट्रिय मानवअधिकार आयोगका अनुसार राज्य पक्षबाट ८ सय ४२ र तत्कालीन माओवादी पक्षबाट १ सय ५२ व्यक्ति बेपत्ता पारिएको तथ्यांक रहेपनि आयोगमा भने ३ हजार बढी उुजुरी परेको छ । सरकारले अहिलसेम्म जम्मा ५ सय वेपत्ता भएका ब्यक्तिका आफन्तलाई क्षतिपुर्ती स्वरुप रकम प्रदान गरेको शान्ति तथा पुननिर्माण मन्त्रालयको तथ्यांक छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार